काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले नेताहरुसँग छलफल शरु गरेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
।
छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।