• फाल्गुन २८ २०८२, बिहीबार

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

भाद्र २७ २०७८, आईतवार

काठमाडौँ। । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने बितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ ।