• फाल्गुन २८ २०८२, बिहीबार

प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको नाराबाजी

भाद्र २७ २०७८, आईतवार

काठमाडौँ। प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।