धेरैजसो आगलागी यस्ता यस्ता वस्तुहरुले गर्दा हुन्छ जुन आफैँ बाल्ने गर्छ । कुनै वस्तुमा त्यसै आगो लाग्नका लागि त्यो वस्तु यस्तो हुनुपर्छ जसलाई बाल्नका लागि एकदमै कम तापक्रम नै पर्याप्त होस् ।
यसबाहेक त्यस वस्तुको वातावारणमा अक्सिजनसँग सम्मिश्रण हुने प्रक्रिया पहिलेबाटै चलिरहेको हुनुपर्छ । तैलीय पुराना कपडाहरु जुन यताउति त्यसै छाडिएका हुन्छन् । त्यसमा आगो लाग्ने सम्भावना धेरै रहन्छ ।
तेलमा कार्बोन र हाइड्रोजन रहेको हुन्छ, जुन वातावरणमा रहेको अक्सिजनसँग मिल्न हरदम तम्तयार रहेको हुन्छ । यस्ता तैलीय कपडाहरुमा रहेको तत्वहरु सधैँ नै केही मात्रामा हावाको अक्सिजनसँग मिलिनै रहेको हुन्छ ।
यो प्रक्रिया एकदमै ढिलो गतिमा हुने हुँदा सुरुमा त यसले कुनै उल्लेख्य मात्रामा ताप उत्पन्न गर्दैन । तर कपडाहरू राम्रो ताप सोस्ने वस्तु नभएकाले यसले उत्पन्न भएको ताप हावामा फैलाउँदै र क्रमिक रूपमा यो आफैँ तात्दै जान्छ ।
अन्ततः यो यति तात्छ कि यसमा आफैँ आगो लाग्न सक्छ । त्यसैले यस्ता कपडाहरुलाई जहीँतहीँ त्यसै छाडन हुँदैन । यसरी आगो कोइलाखानीहरुमा पनि लाग्न सक्छ, जहाँ ठुलो मात्रामा कोइलाहरु चाङ लगाएर राखिएको हुन्छ ।
कहिलेकाहिँ सुकेको घाँसमा त्यसै फालिएका शिशाका बोतलहरुका कारणले आगो लाग्ने गर्छ । घुम्रिएको शिशाले लेन्सजस्तो काम गर्छ र सुर्यको ताप एकै ठाउँमा केन्द्रित भई आगो लाग्ने गर्छ ।
तर यस्तो प्रक्रियालाई आफैँ आगो लागेको भन्न मिल्दैन । यो आगो भने अरू नै कुनै बाहिरी वस्तुको सहयोगले लागेको हुन्छ ।