• फाल्गुन २८ २०८२, बिहीबार

अखिल क्रान्तिकारी कालीकोटद्वारा एमसीसी विरुद्ध नाराबाजी

भाद्र २६ २०७८, शनिबार

काठमाडौं । अखिल क्रान्तिकारी कालीकोटले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नाराबाजी गरेको छ ।

अमेरिकीय साम्राज्यवाद मुर्दाबाद , नो एमसीसी, एमसीसी चाईदैन देश बेच्न पाइँदैन, रिजेक्ट एमसीसी जस्ता पपिलेत बोकेर विरोध गर्दै नारा लगायत अखिल क्रान्तिकारी कालीकोटले बजार भारी जुलुस निकालेका विद्यार्थीहरुले प्रतिमा चोकमा गएर कोण सभा गरेको थियो ।

कोणसभाको उद्घाटन हिक्मत शाहीले गर्नु भएको थियो। उक्त सभामा अखिल क्रान्तिकारी संयोजक मनशिङ शाही, केन्द्रीय सदस्य भीम आचार्य र पार्टी र पूर्व विद्यार्थी नेता र अहिले पार्टी जिल्ला सदस्य धिरज शाहीले कोण सभा लाई सम्बन्धन गर्नु भएको थियो।