मुक्ति गैरे, २०७८ भदौ २५ गते ।
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । रिब्दिकोट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका रिब्दिकोट गापा इञ्चार्ज आकाशले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न हुँदैन र पास भएमा नेपाली जनताले यसको मुख्यालयमा धावा बोल्ने चेतावनी दिए ।
कोणसभाको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकोट गापा सचिव राजिवले गरे ।