• बैशाख ९ २०८२, मंगलवार

बीस बर्ष पछि फर्केर हेर्दा सेप्टेम्बर ११

भाद्र २६ २०७८, शनिबार

काठमाडौं । आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासमा सबैभन्दा भयाबह दिन । यसलाई अमेरिकीहरु कालो दिनका रुपमा स्मरण गर्दछन् ।सन् २००१ को सेप्टेम्बर ११ मा आक्रमणकारीको एउटा समूहले दुईवटा अमेरिकी यात्रुबाहक विमानलाई एकपछि अर्को गर्दै जुम्ल्याहा भवन ‘ट्विन टावर’ मा ठोक्याएर विध्वंश निम्त्याएका थिए ।

जुम्ल्याहा भवन लगायत अमेरिकी सैन्य अखडा र राष्ट्रपति भवनमा लक्षित गरी अन्य दुई यात्रुबाहक विमान पनि आफ्नो नियन्त्रणमा लिएर आक्रमणकारीहरुले निशानातर्फ सोझ्याएका थिए । जुम्ल्याहा भवन बच्न नसके पनि राष्ट्रपति भवन र पेन्टागन भने अमेरिकी सेनाको सतर्कताका कारण बचेको थियो ।

यो घटना भएको आज ठीक २० वर्ष पूरा भएको छ । अतिवादी आक्रमणकारीहरुले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्वपूर्ण भवनमा जोताउने योजाअनुरुप त्यसो भएको तात्कालिन अमेरिकी अनुसन्धानमा खुलेको थियो । विश्व व्यापार केन्द्र रहेको जुम्ल्याहा भवनमा बिस्फोट गराइएका दुई जहाजका कारण अपूरणीय क्षति हुन गएको थियो ।

स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट भएलगत्तै १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । बिस्फोटपछि ढलेका एक सय दश तले दुवै भवन आगो लागी क्षणभरमै ढलेर खरानी भएका थिए । उक्त आक्रमणमा संलग्न रहेकामध्ये १५ जना साउदी अरब, दुईजना यूएई, एकजना इजिप्सेली र अर्का लेबनानी थिए ।

अमेरिकाले सार्वजनिक गरेको सूचनाको आधारमा उक्त हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । ठूलो धनजनको क्षति भएको उक्त आक्रमणको जिम्मा ओसामा बिन लादेन नेतृत्वको अलकायदाले लिएपछि बिन लादेनको व्यापक खोजी भएको थियो ।

बिन लादेन खोजीको बहानामा जुम्ल्याहा भवन आक्रमणको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा सत्तारुढ तालिवानी अखडामा आक्रमण सुरु गरेको थियो । आक्रमणकारीका नाइके लादेनलाई अफगानी तालिवान सरकारले संरक्षण गरेको अमेरिकी आरोप थियो ।

अलकायदाविरुद्ध अमेरिकी हमला निरन्तर अघि बढ्दै गर्दा सन् २०११ मा आएर अमेरिकी सेनाले पाकिस्तानको  आबोट्टावाद सहरमा लादेनको हत्या गरेको थियो ।

 

त्यसपछि पनि अमेरिकाले अतिवादविरुद्ध हमला लगातार जारी राख्यो । यो लडाइँ आखिरमा अफगानिस्तानमा आएर नै अन्त्य हुन पुग्यो । अतिवादविरुद्ध आक्रमणको अन्तिम समयमा आएर अफगानबाटै यो वर्षको ३१ अगस्टमा स्वदेश फर्किएको छ ।

आश्चर्यको कुरा के पनि भएको छ भने त्यति बेला बिन लादेनको खोजीका नाममा अमेरिकी सेनाद्वारा अपदस्त गरिएको तालिवान शक्तिको अमेरिकी सेना स्वदेश फर्किन नपाउँदै काबुलमा पुनरागमन हुन पुगेको छ ।

(एजेन्सीको सहयोगमा)