काठमाडौँ। नेकपा एमालेको आज बिहान बसेको स्थायी कमिटी बैठक सकिएको छ। अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने गरि बैठक सकिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएको र त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने जनाइएको छ।