• फाल्गुन २८ २०८२, बिहीबार

एमाले स्थायी कमिटी बैठक स्थगित

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको हो।

प्रतिनिधिसभा बैठक चलिरहेकाले एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान ९ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ।