काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन्। अध्यादेश पेस गर्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए। अध्यादेश पेश पछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।
त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।