• फाल्गुन २८ २०८२, बिहीबार

संसद बैठक सुरु हुनासाथ एमालेको अवरोध

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध गरेको छ । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा उपस्थित भएका उनीहरुले नाराबाजासहित बैठक अवरुद्ध गरेका छन् ।

पार्टीबाट माधव नेपालसहित १४ जनालाई गरिएको कारवाही सभामुख सापकोटाले अघि नबढासँगै उनीहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारा लगाएका छन्।