काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ मध्ये ७४ हजार चार सय जनाले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् भने, २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।
आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ जना आवेदकले आवेदन दिएका थिए। जसमा ८ हजार ८२० जना आवेदकको आवेदन रद्द भएको छ।