काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
काठमाडौँमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार एमसीसीकाबारे छलफल गर्न विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेकी छन्। सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसीसी भएकाले मन्त्रिपरिषद् बैठकमा पनि यसलाई महत्वका रुपमा हेरिएकाे बताइएको छ ।
आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधवारको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गरेको थियो । आजको बैठक कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ ।