• बैशाख ९ २०८२, मंगलवार

ब्रिक्स मुलुकहरू कसैले बेवास्ता नगर्न नसक्ने शक्ति बनेका छन : चिनियाँ राष्ट्रपति

भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं । चीनका राष्ट्रपति सी चिन फिङले विगत १५ वर्षमा ब्रिक्सका सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् ।

बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले वितेका १५ वर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ ।”

उनले पाँच देशहरु बीचको व्यवहारिक सिर्जना, साझा जीत सहयोगमा जोड, सहयोगहरूको बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताए । उनले भने, “पाँच देशबीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरू अन्तराष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन् ।

आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४ औँ वार्ताको संयोजन गर्नेछ । चीनका राष्ट्रपति सीले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताए ।

ब्रिक्सका सदस्य साझेदारहरूसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यवहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने विश्वास चीनले लिएको उनले बताए । यो साझेदारीले चुनौतीहरूलाई संयुक्त रूपमा सामना गरी सुन्दर भविष्य सिर्जना गर्न सकिनेछ चिनियाँ राष्ट्रपतिले बताए ।