काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसंग बिहीबार भेटवार्ता गरेको छ ।
सिंहदरवारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
४ दिने नेपाल भ्रमणका लागि आएको सो प्रतिनिधिमण्डलले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको दल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी हेर्डक्वार्टरका उच्च अधिकारीले भेट्ने छ ।