काठमाडौं । अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन्।
बिहिबार बिहान चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोलीले एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गरेका हुन् ।
अमेरिकी सहयोग एमसीसी सम्झौताका विषयमा भएको विवाद पछि नेपाल सरकारले सोधेको प्रश्नको जवाफ पठाएको भोलीपल्ट नै एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौँ उत्रिएको थियो। नेपालमा एमसीसी परियोजना स्वीकार नहुने भन्दै तिव्र विरोधबीच काठमाडौँ उत्रिएको उक्त टोलीले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा भेट गरेको छ।
सत्ताको अर्को प्रमुख गठबन्धन घटक नेकपा माओवादी केन्द्रले एमसीसीले दिएको जवाफ स्वीकार्य नभएकाले सदनबाट पास गर्न नसकिने बताएका बेला प्रमुख भेट नै ओलीसंग भेट गर्नुलाई महत्वपुर्ण रुपले हेरिएको छ।