• मंसिर १२ २०८१, बुधबार

अवैधरुपमा क्यान्सरको औषधि विक्री गर्ने एक पक्राउ

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । क्यान्सर रोगको औषधि अवैधरुपमा विक्री वितरण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ गल्फुटार एरियामा केहि व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरि ल्याई अवैधरुपमा कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी समूहले बुधबार एकजनालाई पक्राउ गरेको बताएको हो ।

बुधबार दिउँसो पक्राउ पर्नेमा जिल्ला काठमाडौं कामनपा–४ महाराजगंज घर भई हाल काजि बुढानिलकण्ठ नपा–८ बस्ने वर्ष १९ का प्रवल भण्डारी रहेका छन् ।

उनलाई भन्सार छली गरि ल्याइएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने विभिन्न औषधिहरु बिना लाइसेन्स विक्रीवितरण गरिरहेको आरोप लगाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

साथै निजले भारतमा रहेका आफ्ना आफन्त मार्फत् ती औषधिहरु मगाई लामो समयदेखि काठमाडौंका विभिन्न औषधी पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा विक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

पक्राउ परेका भण्डारीबाट विदेशबाट अबैध रुपमा ल्याएका नौं लाख बराबर मूल्यका औषधि बरामद गरिएको प्रहरीले बताएको छ ।

बरामद गरिएका सामाग्रीहरुः
Vivira 440 mg (10 packet), Mabtas 500 mg (1 packet), Nanoxel 100 mg (2 packet), Biomab (2 packet), Vomient (1 packet), Tagxix 80 (1 packet), Aromasin 25 (2 packet), Thalix (8 packet), Bleocel (6packet), Nummif spray (2 packet), Xgeva 120 mg (1 packet), Goviscon (2 packet).