काठमाडौँ। नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान सेनापति शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गाराएकि हुन्।
प्रधान सेनापतिको सपथग्रहणको लागि आयोजित समारोहमा राष्ट्रपति भण्डारीले प्रधान सेनापति शर्मालाई प्रधान सेनापतिको पदको दर्ज्यानी चिन्ह समेत प्रदान गरेकी थिइन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा बिहिबार सार्वजनिक गरिएको एक विज्ञप्ति अनुसार नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बताइएको छ।
यसैगरी शर्माले नेपाली सेनाको ४४औं प्रधान सेनापतिको रुपमा नेपाली सेनाको नेतृत्व सम्हालेको नेपाली सेनाले जानकारी दिएको छ।