काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेका छन् ।
बुधबार बसेको संसदको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच खाँणले अध्यादेश पेश गरेका हुन् । उनले पेश गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो।