काठमाडौँ। प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
पार्टीले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई कारवाही नगरेको भन्दै एमालेले संसदमा विरोधसँगै रोष्टम घेराउ गरेर बैठक चल्न नदिएपछि सभामुख अग्नि सापकोटाले आगामी शुक्रबारसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।