काठमाडौँ। प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ । संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आजदेखि सुरु हुन लागेसँगै त्यसबारे छलफल गर्न सिंहदरबारमा एमाले संसदीय दलको बैठक शुरु भएको हो।
आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
जारी बैठकमा संसदमा कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको बताइएको छ।