• फाल्गुन २८ २०८२, बिहीबार

नेपाली आकासमा दिनमा १० वटा भारतीय हेलिकोप्टर उड्दा समेत देउवा सरकार मूकदर्शक : ओली

भाद्र २२ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनमा १० वटा भारतीय हेलिकोप्टर नेपाली आकासमा आएर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले नेपाली आकासमा १० वटा हेलिकोप्टरले तमासा देखाउँदा समेत देउवा सरकार मूकदर्शक बनेको आरोप लगाए ।

‘दिनमा नेपाली आकासमा १० वटा हेलिकोप्टर नाचेर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको छ,’ उनले भने, ‘जयसिंह धामी तुइनका लठ्ठा काटेर नदीमा बगाउँदा समेत सरकार रमिते बनेको छ।’

उनले देउवा सरकार बनको बाघसँग घरको कुकुर डराएजस्तो भएको आरोप गलाए । उनले कुर्सीका लागि भारतीय ज्यादतीलाई देउवा सरकारले टुलुटुलु हेरेर मुकदर्शक बनेको बताए ।