• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

भाद्र २२ २०७८, मंगलवार

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

बुधबारदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत हुने रणनीति बनाउन बैठक बस्न लागेको हो। सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट अध्यादेश लगायतका विषयमा छलफल हुनेछ।