काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।
बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने जनाइएको छ।