• चैत्र २८ २०८१, शुक्रबार

असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने

भाद्र २१ २०७८, सोमबार

काठमाडौं । आगामी असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएका छन् । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेर आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको जानकारी दिए।

उनले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने ।