• असार २५ २०८१, सोमबार

ग्राहकले चाहेकै जस्तो मासु दिन्छौं : व्यवसायी

भाद्र २१ २०७८, सोमबार

घोराही। ग्राहकले खोजेको जस्तै मासु उपलब्ध गराएको चौधरी राँगा मासुपसलका सञ्चालक लोकबहादुर चौधरीले बताए । उनले बिहान काटेको दिनभरी वेच्ने र कहिलै काहीं दिउँसो पनि काट्नु परेको बताए । उनका अनुसार ग्राहकलाइ रगत चुहिँदैको आलो मासु चाहिन्छ ।

चौधरीले पसलमा बाहिर बाट शिसाका ढोका हालेर भित्र मासु टंगाएका छन् । ती टँगाउनेपनि प्लाष्टिकले मोेडेर खिया नलाग्ने बनाइएको छ । काट्ने ठाउँमा टायल लगाइएको छ, मासु धोएको नालामा बगेर जान्छ यसरी सरसफाइमा विशेष ध्यान दिइएको उनको भनाइ छ।

यसैगरी ग्राहकले देखेको मासु छानेर लैजान खोज्ने भएकाले बाद्य भएर टंगाउनु परेको जनता मासु पसलका सञ्चालक लक्ष्मण डाँगीको भनाई थियोे । उनका अनुसार फ्रिजमा हालेको मासु लग्न मन गर्दैनन् । साँझको विहान पनि बासी भनेर ग्राहकले फ्रिजको मासु लग्दैन् ।

घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले शुक्रबार लगातार दोस्रोदिन राँगाको मासुपसल अनुगमन गरेको छ । पर्याप्त सुधार नल्याउँदा सम्म अनुगमन गर्न न छोड्ने शाखा प्रमुख श्रीधर अधिकारीले बताए । अल्छी मानेर, यस्तै ता हो चल्छ भनेर लापर्वाहि गर्न नदिने उनको भनाइ थियो ।
अधिकारीका अनुसार सम्भव हुने जति सबै उपाए अपनाउन सरकारले बाद्य पार्ने छ । उपभोक्तालाई सुरक्षित मासु नखुवाउने पसल बन्द गराउने छ ।

यति वेला सम्वन्धित वडा कार्यालय, उद्योग वाणिज्य संघको कार्यालयमा पुगेपछि आन्तरीक राजश्वकार्यालय सम्मको दर्ता हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलको भनाइ थियो । उनले तुलसीपुर पुग्नै नपर्ने सजिलो भएको बेलामा दर्ता गर्न आग्रह गरेका थिए । मासुपसल सञ्चालनमा ल्याएका तर कुनैपनि प्रमाण नभएका व्यवसायी भेटिएका थिए ।

यसै गरी बोर्ड नभएका, मुल्य सूची देखिने ठाउँमा नटंगाएका र मासु काट्ने ठाउँ प्लाउडको बनाएका भेटिए । उनीहरुले दश दिन भित्र सुधार गर्ने लिखित कागज गरेका छन् । एकजनाले आन्द्रा लरा लगाएको देखेपछि अनुगमन टोलि प्रमुख अधिकारी कड्किएका थिए । त्यसैगरी खुला नाली छोडेको देखिएपछि अनुगमनमा सहभागि घोराही १४ का सदस्य गुलाम रसुलको ध्यानाकर्षण गराइएको थियो । पसल बाहिर रगत बगेको दुर्गन्ध प्रष्ट देखिन्थ्यो ।

अनुगमन गरेकोमा व्यवसायीले खुशी व्यक्त गरे । केहिले टोलिलाई भेटेर हाम्रोमा कहिले आउनुहुन्छ भनि सोधेका थिए । केहिले मासु पसल सुधार गर्न अनुदान दिए हुन्थ्यो भनेर आशा व्यक्त गरे । अहिले टायल मार्वल लगाएर चाँडै छोड्नु परे खेर जान्छ कि भनेर चिन्ता गर्नेहरु पनि थिए । आफ्नो पसलमा अनुगमन गराएर अपुगलाई सुधार गर्न चाहान्थे । धेरै मासु लग्ने ग्राहकले भित्रै वसेर आफै काटि लैजाने भएकाले जालि हाल्न व्यवहारीक नहुने व्यवसायीले प्रतिक्रिया दिए।

जिल्ला प्रशासनकार्यालका प्रतिनिधि गंगाराम पोख्रेल, घोराही उपमहानगरपालिकाका वासुदेव पोख्रेल, वडा प्रहरी कार्यालयका सिताराम चौधरी लगायत विभिन्न निकायका प्रमुख प्रतिनिधि थिए ।