काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई एमसीसीको चौतर्फी विरोध हुँदा पनि समर्थनमा देखिएका छन् । उनले मलेनियम च्यालेन्ज एकाउण्ट(एमसीसी) पास गराउन आह्वान गरेका छन् ।
डा.भट्टराईले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारण राखेका छन् । डा.भट्टराईले आफ्नो स्टाटसमा ‘यसमा राष्ट्रिय सहमति गरौं : उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसंगका ,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौ, अमेरिकीसंग चिठी आदानप्रदान सहित एमसिसि कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ !