• चैत्र २८ २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन संकलन शुरु

भाद्र २१ २०७८, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन फारम संकलन सुरु गरेको छ ।

आज सोमबारदेखि अनलाइन आवेदन खुल्ला गरिएको छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

अनलाइन फारम भरेकाहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।