• मंसिर ८ २०८१, शनिबार

उल्का र पुच्छ्रेतारा कसरी चिन्ने ?

भाद्र २० २०७८, आईतवार

उल्का भनेको ढुङ्गा अथवा धातुको सानो टुक्रा हो । यो सामान्यतया गिट्टी ढुंगाभन्दा अलि ठूलो हुन्छ । तर कहिलेकाहीं यो सयौँ किलो तौलसम्मको ठूलो पनि हुन्छ ।

कतिपय उल्का पुच्छ«्रेताराकै टुक्रिएका भाग हुन् भनी विश्वास गरिन्छ । उल्काहरू पृथ्वीको वातावारणमा प्रवेश गरिसकेपछि हावाको घर्षणले गर्दा त्यसमा आगो बल्न थाल्छ ।

धेरैजसो उल्का हवामै बालेर सकिन्छन् भने कतिपय जमिनमा खस्ने गर्छन् । यसलाई ‘फलिङ स्टार’ भनिन्छ । पुच्छ«ेताराचाहिँ लामो पुच्छर भएको ताराजस्तै देखिन्छ र यो एउटा लामो गोलो अथवा अण्डाकार बाटोमा सूर्यको वरिपरि घुम्छ ।

पुच्छ«ेतारा तीन भागमा विभाजित हुन्छ : न्युक्लियस, कोमा र पुच्छर । यसको मुख्यभाग अथवा न्युक्लियस ग्याँस बरफ र धुलो मिलेर बनेको हुन्छ । जब यो सुर्यको नजिक आउन थाल्छ, यसको बाहिरी तह वाष्पीकरण हुन थाल्छ ।

यसैलाई कोमा भनिन्छ । सूर्यको प्रकाशले गर्दा कोमा क्रमशः तन्किएर पुच्छर जस्तो देखिन्छ । यसलाई नै पुच्छ«ेतारा भनिन्छ । पुच्छ«ेताराले सूर्यको प्रकाश परावर्तन गर्ने भएकाले चम्किलो देखिन्छ । पुच्छ«ेताराको बाटो अत्यन्त लामो हुने गर्छ ।

त्यसैले हामी एउटा पुच्छेतारालाई पचास, सय अथवा दुई सय वर्षको अन्तरमा मात्र देख्न सक्छौँ ।