• असार २५ २०८१, सोमबार

दाँतको दुखाइले टाउको झमझमाउने हुन सक्छ

भाद्र २० २०७८, आईतवार

‘टाउको झम् झम् दुख्यो भने यहीँ आउनु होला’ विआर डेन्टल क्लिनीकका सञ्चालक डा. वीपी भुषालले भने, ‘त्यसतो केही भए अन्त जाँचै गर्नुपर्दैन ।’ उनले दाँतको उपचारमा आएकी एक महिलालाई यसरी सम्झाए । सुनेर ती महिला साथीसँग  मुखामुख गर्दै टोलाइन् ।

उनको दाँतमा भित्र भित्रै काप पलाएको रहेछ । अधवैँशे महिलालाई त्यस्तो अफ्ठेरो कहिल्यै महसुस भएन । ‘हेर्तो यत्रो वर्ष थाह भइन’ उनले साथि सँग भनिन् र औला मुखमा हाल्दै छामिन् ‘अँ साँच्चै रहिछ तो ।’ उनीहरु दुवैजना छक दंग परे । उनीहरुका अपसी कुरा सुन्दै डा भुषालले एक्सरे रिपोर्ट देखाइदिए । अरु सबै दाँत माथितिर उम्रेका थिए । एउटा सुतेको देखियो । दुवैजनाले आश्चर्य चकित हुँदै त्यो रिपोर्ट हेरे । तेस्रोपरेको दाँत प्रष्ट देखिन्थ्यो ।

अरु जत्रै पूर्ण दाँत थियो । एउटाको काप पलायो । ठाडोजान नपाई तेस्रो भएर गिँजातीर गयो । आफ्नो ठाउँ बनायो । ती महिलाका अनुसार त्यसले कहिल्यै दुखाएन । मुखमा अक्कर पनि पारेन । पछाडिको बंगरा किराले खायो । ठेला मात्रै थिए । कति लामो र कतिवटा छन् भनेर डाक्टरले एक्सरे गरे । त्यसक्रममा पुरै दाँतको फोटो खिच्यो । त्यहि एक्सरेको रिपोर्ट हेर्दा नयाँ दाँत पलाएको पाइयोे । त्यसपछि झसंग बनायो । उपचार गर्ने चिकित्सक पनि अचम्म परे ।

‘कसै कसैका छ वटा औला भा जस्तै हो’ डा भुषालले उनलाई शान्त्वना दिँदै भने, ‘न आत्तिनुस् । यसले न दुख्दा सम्म केही गर्दैन ।’ उनले सके जति उपाय बताएर ती महिलालाई ढुक्क बनाउने कोशिस गरे । तर ती महिलामा पूर्ण विश्वास पलाएन । अनेक आंका सहितका प्रश्न गरिन् । डाक्टरको जवाफ थियो, प्यारालाईसिस पनि हुन सक्छ । मासुतिर गड्दै जाँदा घाउ बनाउन सक्छ । त्यही क्यान्सरको समस्यापनि ल्यान सक्छ । दुख्यो भने टाउको झम झम गराउन सक्छ । त्यसैले अप्रेसन गरेर निकाल्नुपर्छ । सानो अप्रेसनले समस्या हल हुन्छ ।

तर हतार हतार निकाल्ने होइन । यति भनेपछि ती महिलाको अनुहारमा फेरि खुशी झल्कियो । पहिला ठुटा निकाल्ने पछि त्यो दाँत फाल्ने सहमति गरेर अस्पतालबाट बिदा भइन् । पहिलो पटक अनौठो तरीकाले दाँतपलाएको देखियो । उनलाई पनि एक्सरे नगरेको भए थाहै हुने रहेनछ । त्यसले भविश्यमा ठुलो खतरा ल्याउन सक्थ्यो भन्ने लागेको हुनुपर्छ ।

दाँतलाई टम्म मिलाउने देखि अनेक खाली समस्या आउँछन् । त्यहि कार्यरत डेन्टल सर्जन डा रचना घिमिरेका अनुसार आफ्ना दाँत विग्रेको रिसले बोल्दै नबोल्ने पनि आउँछन् । तिनलाई दाँत मिलाएर पठाइदिएपछि हाँस्दै मुश्कुराउँदै फर्किन्छन् । दाँत दुखेर सताएका भन्दा बिग्रेर रुप बिगारेको चिन्ता गर्ने धेरै हुन्छन् । सोचे जस्तो दाँत नहुँदा आफैप्रति ठस्किन्छन् । ठिक साईजमा ल्याएदिएपछि प्रफुल्ल बन्छन् । अहिले धेरैजनाले दाँतका डिजाइन बनाउन मेहनत र खर्च गरेका छन् ।