बेइजिङ । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर ६ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।
पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन् ।