• चैत्र २२ २०८१, शनिबार

एमसीसी सम्झौता रहर वा कहर दुवै नबनोस्

भाद्र १९ २०७८, शनिबार

एमससीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने भएपछि एमसीसी सम्झौताका समाचार पत्रपत्रिकाको अग्रपृष्ठमा आउन थालेका छन् । यसका पछाडि खास दुई कारण छन् । एउटा, उनले संसदबाट एमसीसी पारित गर्न दबाब नै देलिन् र अर्को, के नेपाली शासक एमसीसी पारित गर्न तयार छन् ?

यी दुवैको एकमात्र विकल्प पनि छ, के एमसीसी पारित हुन देलान् ? अघिल्ला दुई कारण संभावित छन् । तर यी दुवैको विकल्प भने सापेक्ष कमजोर छ । संसदमा एमसीसी सम्झौतामा मुछिएका राजनीतिक दल र तिनका नेता तथा प्रतिनिधिको हालीमुहाली छ ।

तर एमसीसी सम्झौता समग्र देश र नेपाली जनताको हितमा देखिदैन । एक स्वतन्त्र र सार्वभौम राष्ट्रका सार्वभौमिकता, अखण्डता र स्वाभिमानका कुरा अर्को देश वा विदेशी शक्तिको अचानो कदापि बन्नु हुँदैन । बन्न दिइनु पनि हुँदैन ।

एमसीसीका केही त्यस्ता प्रावधानहरु छन्, जो सैद्धान्तिक र रणनीतिक हिसाबले निकै खतरनाक छन् । छिमेकी तथा मित्रराष्ट्रका बीचमा नेपालले त्यस्ता प्रावधान धान्नसक्ने हैसियत राख्दैन ।

हामी भारत र चीनका लागि छिमेकी राष्ट्र हौं र अमेरिकाका लागि मित्र राष्ट्र हौं । हाम्रो बाध्यता पनि छ र दायित्व पनि । छिमेकी बदल्न संभव हुँदैन, तर मित्र बदल्न संभव हुन्छ ।

यति बेला पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको भनाइ स्मरण गर्नै पर्ने हुन्छ– ‘अमेरिकासँग शत्रुता मोल्नु जति खतरनाक छ, त्योभन्दा बढि खतरा उसँग साझेदारी गर्नुमा छ ।’

त्यसैले पनि नेपाली शासकका लागि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नै पर्ने रहर वा कहरको विषय नबनोस् ।