• फाल्गुन २८ २०८२, बिहीबार

भीम आचार्य र अष्टलक्ष्मी शाक्य नेकपा (एस)मा आए मुख्यमन्त्री पद कायमै रहन्छ : झाँक्री

भाद्र १९ २०७८, शनिबार

विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दल रोजेर नेकपा एकीकृत समाजवादीमा आए मुख्यमन्त्री पद कायमै राखिने बताएकी छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग दल रोज्ने समय २२ भदौसम्म रहेको र उक्त समयभित्र नेकपा (एस) मा आए दुवै जनाको मुख्यमन्त्री पद कायमै राखिने उनले बताइन् ।

‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैं खट्ने छौं । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ’ उनले भनिन् ।

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।