काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् ।
एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको जानकारी दिए ।
एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ लागेको कारण गौतमले एमाले त्यागेका हुन् । तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।