काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने बताइएको छ।