• फाल्गुन २४ २०८२, आईतवार

न्यूयोर्कमा आँधी र भीषण वर्षा, एकै परिवारका तीन जना नेपालीको मृत्यु

भाद्र १८ २०७८, शुक्रबार

काठमाडौं । अमेरिकामा न्यूयोर्कमा आएको आँधी र भीषण वर्षाको कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ।

आइडा नामक आँधी र भीषण वर्षाको कारण मृत्यु हुने तीनै जना एकै परिवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत जनाएको छ।

अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भइसकेको छ।

मृत्यु हुने नेपालीहरूमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नम्बर- २ जुनवेशी घर भई हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्।