काठमाडौँ। काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहले विद्यालय खोल्न सक्ने बताएपछि महानगरभित्रको संक्रमणको अवस्था हेरेर आगामी सातादेखि विद्यालय खोल्न सकिने महानगरले जनाएको छ । आगामी तीन दिन महानगरमा संक्रमण दर घट्दो क्रममा रहे आगामी सातादेखि विद्यालय खुलाउने गरी निर्णय गर्ने महानगरको तयारी छ।
धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको र नगरेको भनेर नियमन गरिने महानगरले जनाएको छ।
उपत्यकाका तीनजनै सिडिओको हिजो (बुधबार) बसेको बैठकले स्थानीय पालिकाहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै महानगरले पनि विद्यालय खुलाउने तयारी गरेको हो।