• बैशाख ५ २०८२, शुक्रबार

शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स

भाद्र १७ २०७८, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवामा २५ जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले आजदेखि भदौ २४ गतेसम्म आवदेन दिन सक्नेछन्।