काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आत्माको पुकार सुनेर निर्णय लिन आह्वान गरेका छन् ।
बिहीबार बिहान ३ मिनेटको भिडियो सन्देश सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले देश बनाउने गहन जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै यस्तो परिस्थितिमा कांग्रेसको महाधिवेशन हुन लागेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।
यस्तै उनले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्षेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गरेका छन्।
‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन् ।