मान्म । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन भन्ने मूल नाराका साथ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कालिकोटको खाँडाचक्र नगरको दोस्रो नगर सम्मेलन सम्पन भएको छ । राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा दोस्रो नगर सम्मेलन भएको हो ।

सम्मेलनको अध्यक्षता नरेन्द्र विकको रहेको थियो भने प्रमुख अतिथिकोरुपमा बिमबहादुर बम, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इञ्चार्ज विशेष अतिथि द्वय सरोज बोगटी, गणेश शाही र अतिथि खेमबहादुर सिंह, महेन्द्रबहादुर शाही, धनलाल अधिकारी, मनसिंह शाही, दीपक विष्ट, परेक नेपाली, नारायण चौलागाईं, लक्ष्मण बुढा, हिक्मतसिंह ठकुरी, मित्रप्रसाद पाण्डे, जनक आचार्य, जनक पाण्डे, जीवन गिरी लगायतको उपस्थिति रहेको कार्यक्रम खाँडाचक्र सम्पन्न भएको हो । 
सम्मेलनबाट जीवन गिरीको अध्यक्षमा ३५ सदस्यीय समिति बनाइएको छ ।