काठमाडौं । बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त गरेको छ ।
अढाई दशक भन्दा बढी विभिन्न बैङ्कमा काम गरेका अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने बैठकले निर्णय गरेको हो ।
तत्कालीन सिटी विकास बैङ्कका साथै ओम फाइनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैङ्कमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।