पृष्ठभूमि :
सुंगुर प्रजातिमा फित्ते जुका हुन्छ । यो जुकाले ल्याउने रोगलाई सिस्टिसरकोसिस भनिन्छ । सुंगुर प्रजातिमा हुने टिनिया सोलियम नामक फित्ते जुकाका कारण जनसमुदायको शरीरमा परजीविजन्य सङ्क्रमण गराउँछ ।
यो परजीवी मानिसको शरीरमा प्रवेश गरेपछि विकसित हुने विशिष्ठ पानीका थैला जसलाई सिस्ट भनिन्छ, जुन शरीरका विभिन्न भाग हुन्छ । जस्तैः केन्द्रीय स्नायु प्रणाली, शरीरका विभिन्न भागका मासुजन्य तन्तु, आँखा अनि छालामा अवस्थित हुन पुगेमा सोही अनुसारका विविधखाले लक्षण विरामीमा देखा पर्दछ ।
धेरै व्यक्तिहरुमा भने उपरोक्त अनुसारको संक्रमण भए पनि रोग लक्षणविहीन अवस्थामा हुन्छ । ल्याटिन अमेरिका, एशिया तथा सव–सहारा अफ्रिकाजस्ता विकसित मुलुकमा यो रोग नियमित रुपमा स्थापित भएको मानिन्छ ।
विकसित औद्योगिक देशमा कम विकसित देशबाट कामदारहरु आप्रावसनका कारण ती मुलुकका जनसमुदाय यस रोगबाट ग्रसित हुने गरेको तथ्य भेटिन्छ । संयुक्त राज्य अमेरिकामा वर्षेनी १,००० जना यस रोगका प्रभावित जनसमुदाय भेटिने गरेको प्रयोगशालाजन्य परीक्षणमा प्रमाणित हुने गरेको तथ्यले पुष्टि गर्दछ ।
जेष्ठ नागरिकमा देखा पर्ने छारे रोगजन्य रोग विश्वव्यापी रुपमा न्युरो सिस्टिसरकोसिकको कारणले भएको मानिन्छ । २००० वि.सी. तिर नै इजिप्टका चिकित्साकर्मीले यो रोग मानिसमा पहिचान गरेका थिए । त्यसैताका एरिस्टोटलले बंगुरमा यसको उपस्थितिबारे वर्णन गरको अभिलेख पाइन्छ ।
मुस्लिम समुदायका चिकित्साकर्मीले पनि योग रोग पहिचान गरेको तथ्य भेटिन्छ । यसकै कारण यो समुदायमा सुङ्गुर प्रजातिको मासु उपभोग गर्न बर्जित गरेको अनुमान गरिन्छ । ई.सं. १८५० तिर जर्मन अन्वेषणकर्ताले टिनिया सोलिएमको जीवनचक्र वर्णन गरेको प्राज्ञिक अभिलेख पाइन्छ ।
सिस्टिसरकोसिसको कारक तत्व ः टिनिया सोलियम प्रजातिको फित्ते जुकाको लार्भा शरीरको विभिन्न अंगको तन्तुहरुमा छरिन पुग्यो भने सिस्टिसरकोसिस रोग लाग्छ । जब यो फित्ते जुकाको अण्डा खानेकुरा, पानीसँग मिसिएर मानिसको पेटमा पुग्छ, त्यहाँ ती अण्डाबाट भ्रुण कोरलिन पुग्छ ।
यिनीहरु आन्द्राका पर्खालका मासु छेडी रक्त सञ्चार प्रणालीमा मिसिन पुग्दछन् । यसरी रक्त सञ्चारका माध्यमबाट शरीरका विभिन्न अङ्गका तन्तुहरुमा पानीका थैलाजस्ता सिष्टको विकास हुन्छ । यस्ता सिष्टहरुले शरीरका जुन अङ्गका तन्तुमा स्थायी अवस्थिति देखाउँछन्, तिनको सङ्ख्याका आधारमा बिरामीमा लक्षण पनि सोही अनुसार देखिन्छ ।
सिस्टिसरकोसिस कसरी सर्छ ?
टिनिया सोलियम प्रजातिको फित्ते जुकाका लागि मानिस दयालु भद्र पाहुना घर मानिन्छ । यिनीहरुको आन्द्रामा यो जुका भए पनि प्रायजसो रोगको लक्षण देखाउँदैनन् । मानिसले बेलाबेलामा आफ्नो दिसामा यस जुकाका अण्डा फ्याँक्ने गर्छन् । मानव मलमूत्रबाट प्रदुषित खानेकुरा तथा पानीबाट सुंगुर प्रजातिमा ती अण्डा शरीरमा प्रवेश गर्दछन् ।
कालान्तरमा सुंगुर प्रजाति यस परजीवीबाट संक्रमित हुन पुग्दछन् । अनि यिनको शरीरको मांसपेशीजन्य तन्तु तथा अन्य अंगका तन्तुमा सिस्टिसरकाई (पानीका मसिना थैला) विकसित हुँदै जान्छन् । जब मानव जनसमुदायले यसरी सङ्क्रमित सुंगुर प्रजातिको काँचो वा अधकल्चो गरी पकाएको मासु सेवन गर्दछन् ।
यस फित्ते जुकाको जीवन चक्र अन्त हुन्छ, तर रोग चक्र निरन्तर चलिरहन्छ । मानिसले टिनिया सोलिएमको अण्डा खानेकुरा तथा पानीमा मिसिएर खान पुगे सिस्टिसरकोसिस मानिसमा देखिन्छ । यी जुकाका अण्डा खानेकुरा, पानी तथा संक्रमित दिसाबाट प्रदुषित सतही वातावरणबाट प्रसार हुन्छन् ।
कहिलेकाँही खाद्यान्न, तरकारी, मासुजस्ता उपभोग्य वस्तु तयार पार्ने, बिक्रि गर्ने व्यवसायी तथा कामदारले राम्रोसित व्यक्तिगत सरसफाइ खास गरी हातको ध्यान नदिएमा संक्रमित मानव मलमूत्रबाट प्रदुषित ढलको पानीबाट सिञ्चाइ गरिएका तरकारी राम्रोसँग निशंक्रमण तथा निर्मलीकरण नगरिएमा यस रोगको प्रसारणमा मदत पुग्दछ ।
सिस्टिसरकोसिसको लक्षण :
प्रारम्भिक संक्रमणपछि यो रोगको लक्षण देखिन धेरै महिना वा धेरै वर्ष लाग्न सक्छ । रोगका लक्षण सिस्टिसरकाइको अङ्ग तथा तन्तुजन्य अवस्थिति अनि यिनको संख्यात्मक मात्रामा भर पर्दछ ।
केहि व्यक्तिमा त लक्षण नदेखिन पनि सक्छ । प्रायजसो सिस्टिसरकोसिका संकास्पद विरामी स्वास्थ्य उपचार संस्थामा जाँच गराउन पुग्दा केन्द्रीय स्नायु प्रणालीजन्य प्रभावी न्युरो सिस्टिसरकोसि भएका हुने गर्दछन् ।
तीनमा मुख्यतः निम्न लक्षण भेटिने गर्दछ ः वाकवाक लाग्ने, वान्ता गर्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, लोसेपन वा टोलाएको जस्तो गर्ने, दिग्भ्रमित हुने, मधुरो देख्ने, कमजोरी, हुने, स्पन्दन शुन्य हुने, छारे रोग झैं मुर्छा पर्ने, काम्ने आदि । शरीरका अन्य अंग प्रभावित भएको अवस्थामा मांसपेशी, छालामा पानीका थैलासहित सुन्निने र आँखामा सिस्ट भएमा प्रष्ट देख्न नसक्ने हुन्छ ।
सिस्टिसरकोसिसको निदान :
विरामीको दिसा जाँच गरेमा जुकाको अण्डा वा जुकाका शरीरका केहि भाग देखिन सक्छ । मस्तिष्क तथा भित्री अंगको अल्ट्रा साउण्ड, एक्स रे, सिटी स्क्यान, एम.आर.आई. गरेमा पानीका थैला, सिस्टीसरकाईको अवस्थिति थाह पाउन सकिन्छ । विरामीको भौगोलिक बसोबास, खानपिनको व्यवहार, पेशा अनि लक्षणको समग्र विश्लेषणपछि निश्चित रोग निदान गर्न सकिन्छ ।
सिस्टिसरकोसिसको उपचार ः यस रोगको उपचार व्यक्तिले देखाउने रोगको लक्षण, सिस्टीसरकाईको अंग, तन्तुमा अवस्थिति अनि तिनको संख्या, सिस्टको विकास क्रमको स्थिति वा तहजस्ता विभिन्न कुरामा भर पर्दछ । यस रोगको सामान्य गरिने उपचारमा जुका प्रतिरोधक औषधि, करटिकोस्टे¥वाइड, काम्ने, छारे रोग लागी मुर्छा पर्ने अवस्था रोक्ने औषधी वा शल्यक्रिया आदि हुन् ।
प्रायजसो जुका प्रतिरोधक औषधिमा एलवेन्डाजोल प्रयोग गरिन्छ भने न्यून रुपमा प्राजिक्वान्टल औषधिले कहिलेकाँही प्रतिक्रियात्मक असर पनि पार्न सक्छ । क्रियाशील सिस्ट निर्मुल पार्न औषधि दोहो¥याउन पर्ने हुन्छ ।
सिस्टिसरकोसिस रोगको जटिलता :
रोग लागि मुर्छा पर्ने, काम्ने, हृदयघात, दृष्टिदोष, विभिन्न खालका शारीरीक समस्या र मृत्युसमेत हुने गर्दछ ।
सिस्टिसरकोसिसको रोकथाम कसरी गर्न सकिन्छ :
(१) यस परजिवी तथा यसका प्रसारण पथबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
(२) काँचो वा अधकल्चो गरी पकाएको सुंगुर प्रजातिको मासु नखाने, खान प¥यो भने १६० डिग्री फरेन्हाइटमा पकाएर मात्र खाने ।
(३) मासुजन्य तथा अन्य काँचो खानेकुरा चलाएपछि हात राम्रोसित धुने, व्यक्तिगत सरसफाइमा उचित ध्यान दिने ।
(४) खानेकुरा सावधानीपूर्वक चलाउने तथा उचित तरिका तथा तापमानमा पकाउने ।
(५) नियमित मासु जाँचको व्यवस्था तथा सङ्क्रमित मासु उचित तरिकाले नष्ट पार्ने ।
(६) सहरी फोहरमैला तथा ढलको सरसफाई व्यवस्थापनमा वैज्ञानिक सुधार गर्ने ।
(७) सिस्टिसरकोसिसविरुद्ध प्रयोग हुने खोपको विकास गर्ने प्रविधिको व्यवस्थापन गर्ने ।