• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

भाद्र १६ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

गुरुङले कांग्रेसमा युवा नेतृत्वको खाँचो रहेको बताए।

‘कांग्रेसलाई अहिले युवा नेतृत्वको खाँचो रहेको छ,’ ‘कैयौँ देशमा मभन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेका छन् । बीपी कोइराला ३९ वर्षको उमेरमा कांग्रेसको नेतृत्वमा पुग्नुभएको थियो ।’ उनले भने,