• फाल्गुन २८ २०८२, बिहीबार

प्रदेश १ का १० सांसद एमाले छाडेर नेकपा (एस) मा, मुख्यमन्त्री आचार्य अल्पमतमा

भाद्र १६ २०७८, बुधबार

विराटनगर । प्रदेश नम्बर १ का नेकपा एमालेका १० सांसदहरुले पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी पार्टी) रोजेका छन् ।

बुधबार १० सांसदमध्ये ७ सांसदले प्रदेशस्थित निर्वाचन आयोगमा गएर नेकपा (एस) मा हस्ताक्षर सनाखत गरेका छन् भने बाँकी ३ जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।
हस्ताक्षर सनाखत गर्न बाँकी रहेकामा उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राई रहेका छन् ।

१० सांसदले माधव नेपालको नेतृत्वमा गठित नेकपा (एस)लाई रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए । १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् । प्रदेश १ मा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।