काठमाडौं । भारतको सर्वोच्च अदालतले ४० तलाका २ विशाल भवन भत्काउन आदेश दिएको छ ।
रियलस्टेट कम्पनी सुपरटेकको दिल्लीसँग जोडिएको नोएडामा रहेका ४० तलाका २ विशाल भवन भत्काउन आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश डिवाइ चन्द्रचूड र एमआर शाहको बेन्चले यी दुई टावरको निर्माण गर्दा नियमको उल्लंघन भएकोले यी दुवै भवनलाई आगामी २ महिनाभित्र सुपरटेक कम्पनीले आफ्नै खर्चमा भत्काउन भनेको छ । अदालतले कम्पनीलाई ती २ भवनमा बस्ने फ्ल्याट मालिकहरुले फ्ल्याट किन्दा तिरेको पैसा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्न भनेको छ ।
सुपरटेकले नोएडाको एमराल्ड कोर्टमा एपेक्स र सेयाने नामका ४० तलाका २ अग्ला टावरहरु निर्माण गरेको थियो । यी २ विशाल अपार्टमेन्ट बिल्डिङमा करिब १ हजार फ्ल्याट छन् ।