धनगढी । सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।
मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन्।
भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले बुधबार आयोगमा गएर सनाखत गर्ने बताए।
उनीसहित अर्चना गहतराज र तारा लामा तामाङले सनाखत गर्न बाँकी छ।