• फाल्गुन २८ २०८२, बिहीबार

साझा उम्मेदवार तय गर्न पौडेल समूहको बैठक

भाद्र १५ २०७८, मंगलवार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसिरहेको छ । पौडेल निवास बोहराटारमा उनीपक्षका नेताहरुको बैठक जारी छ ।

बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउनेबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् ।

सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेको बताइएको छ ।