• फाल्गुन २८ २०८२, बिहीबार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

भाद्र १५ २०७८, मंगलवार

काठमाडौँ। सत्तारूढ गठबन्धनको बैठक आज पनि बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भइरहेको छ बताइएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु उपस्थित छन् ।

यसअघि गठबन्धनका शीर्ष नेतासहित नेताहरू सोमबार पनि बालुवाटारमा छलफल गरेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।