• फाल्गुन २४ २०८२, आईतवार

अमेरिकी अन्तिम सैन्य टुकडी फर्किएको खुशिायलीमा तालिबान सेनाले आकाशतिर बन्दुक पड्काए

भाद्र १५ २०७८, मंगलवार

काठमाडौं । अफगानिस्तानमा रहेको अमेरिकाको अन्तिम सैन्य टुकुडीले अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति भएको थियो ।

अमेरिकी सैनिकले काबुल छोडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिति काबुल विमानस्थलमा मात्रै थियो ।

सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो ।

त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । र, रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।

अमेरिकाले पछिल्ला दिनमा काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका अफगानी नागरिकको उद्धार गरिरहेको थियो । यसक्रममा १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जनरल म्याकेन्जीले बताए ।

यसअघि उद्धार विमानलाई लक्षित गरेर मुस्लिम संगठन आइएसले प्रहार गरेको रकेट एउटा बस्तीमा परेको थियो । त्यहाँ एकै परिवारका ६ बालबालिकासहित १० जनाको मृत्यु भएको उनीहरुका आफन्तले जनाएका छ । सोमबार पनि काबुल विमानस्थलमा धेरैपटक रकेट प्रहार भयो । ईस्लामिक स्टेट खोरोसानले यस आक्रमणको जिम्मेवारी लिएको छ ।