• फाल्गुन २८ २०८२, बिहीबार

विवेकशीलका मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठक,संयोजक पाण्डेको आपत्ति

भाद्र १४ २०७८, सोमबार

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

मिश्रले सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको बताइएको छ ।

तर अध्यक्ष मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकबारे संयोजक पाण्डेले आपत्ति जनाएका छन् ।

उनले पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउनु पर्नेमा अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन् ।